सुर्खेतमा नेपाल पक्षको समानान्तर कमिटी गठन
वीरेन्द्रनगर, जेठ १५ : माधवकुमार नेपाल पक्षले सुर्खेतमा नेकपा (एमाले)को समानान्तर कमिटी गठन गरेको छ। नेपाल पक्षले मोहनसिंह बडुवालको नेतृत्वमा समानान्तर कमिटी गठन गरेको हो।...
वीरेन्द्रनगर, जेठ १५ : माधवकुमार नेपाल पक्षले सुर्खेतमा नेकपा (एमाले)को समानान्तर कमिटी गठन गरेको छ।
नेपाल पक्षले मोहनसिंह बडुवालको नेतृत्वमा समानान्तर कमिटी गठन गरेको हो। २२७ सदस्यीय जिल्ला कमिटीको उपाध्यक्षमा टोपबहादुर रास्कोटी, सचिवमा शिवप्रसाद उपाध्याय र उपसचिवमा बलबहादुर नेपाली छन्।
बडुवाल यसअघि एमालेका सचिव थिए भने रास्कोटी यसअघि उपसचिव थिए। त्यस्तै सचिव उपाध्याय पनि अघिल्लो कार्यकालमा उपाध्यक्ष थिए।
एमाले सुर्खेतका अध्यक्ष ध्रुवकुमार शाही ओली पक्षतिर लागेपछि नेपाल पक्षले समानान्तर कमिटी गठन गरेको हो। उनी यसअघि नेपाल पक्षमा थिए।
प्रकाशित मिति: ०८:३१ बजे, शनिबार, जेठ १५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











