Kathmandu Press

बाबुराम भट्टराईले भने-ससुरालीले अगुल्टो उचाले, ज्वाइँ प्रधामन्त्री र मन्त्रीहरू सतर्क हुनुस्

काठमाडौं, असार ६ : पूर्वप्रधामन्त्री एवं समाजवादी पार्टी नेपालका नेता डा.बाबुराम भट्टराईले गुठी विधेयकविरुद्ध माइतीघर मण्डलमा गरिएको प्रदर्शनलाई &lsqu....

बाबुराम भट्टराईले भने-ससुरालीले अगुल्टो उचाले, ज्वाइँ प्रधामन्त्री र मन्त्रीहरू सतर्क हुनुस्

काठमाडौं, असार ६ : पूर्वप्रधामन्त्री एवं समाजवादी पार्टी नेपालका नेता डा.बाबुराम भट्टराईले गुठी विधेयकविरुद्ध माइतीघर मण्डलमा गरिएको प्रदर्शनलाई ‘ज्वाइँ न स्वाइँ, अगुल्टाेले च्वाइँ’भन्ने उखानसँग दाँजेका छन्।

आज प्रतिनिधिसभाको बैठकमा बोल्दै डा.भट्टराईले विधेयक बनाउदा सम्बन्धित पक्षसँग छलफल गर्नु पर्ने बताए। उनले गुठी विधेयक, मानवअधिकार आयोगसम्बन्धी विधेयक, मिडिया काउन्सिल विधेयक फिर्ता लिन माग गरे।

उनले गुठी विधेयक विरुद्धको प्रदर्शनलाई सांकेतिक रुपमा बुझ्न पनि सबैलाई आग्रह गरे। ‘अन्यथा नपरोस्। म पनि नेवार समुदायमै विवाह गरेको मान्छे हुँ। तर, धेरै ख्यालठट्टा आएको छ, उखान छ ज्वाइँ न स्वाइँ, हगुल्टोले च्वाइँ,’ माइतीघरको प्रदर्शनसँग जोड्न डा.भट्टराईले भने, ‘अस्ती माइतीघरमा हाम्रो ससुराली खलकले जुन अगुल्टो उचाले यसबाट ज्वाइँ प्रधामन्त्री, ज्वाइ मन्त्रीहरू पनि सतर्क हुनुहोला।’

उनले विधेयक बनाउदा गम्भीर भएर छलफल गर्न पनि सरकारलाई आग्रह गरे। अहिले आएका विधेयकले विवाद निम्त्याइरहेको उनको भनाइ थियो।  त्यस्तै, उनले सांसदलाई ल्यापटप बाड्ने काम नगर्न आग्रह गरे। सांसदले आफ्नै पैसाले ल्यापटप खरिद गर्न सक्ने उल्लेख गर्दै उनले भने, ‘सांसदलाई ल्यापटब बाड्नु भनेको हुर्मत लिनु हो।’

उनले पुस्तकमा लगाएको कर पनि फिर्ता लिन माग गरे। पुस्तकमा कर लगाउनु ज्ञानमाथि कर लगाउनु जस्तै भएको बताए।  उनले सोचअनुसार बजेट नआएको प्रतिक्रिया दिए। ‘केही सुधार भए पनि निरन्तरताको बजेट आयो त्यसैले साह्रै खुशी हुने अवस्था भने छैन,’ उनले भने।

देशको अहिलेको आवश्यकता भनेको वायुपङ्खी घोडाको गतिमा हिँड्ने बजेट हुनुपर्ने उनको भनाइ थियो। ‘विगतको सङ्क्रमणकालसँग दाँजेर हेरिनु हुँदैन, बजेटमा वैचारिक अस्पष्टता छ,’ पूर्वअर्थमन्त्री डा.भट्टराईले भने।

बजेटलाई केवल आयव्ययको अनुमानका रुपमा मात्र नहेरी देश रुपान्तरणको दस्तावेजका रुपमा बुझ्न आवश्यक रहेको बताउँदै उनको भनाइ थियो। ‘उत्पादकत्व बढाउने र आत्मनिर्भर हुने पक्षमा बजेट पर्याप्त विनियोजन हुनुपर्नेमा त्यो कम  देखिएको छ।’

प्रकाशित मिति: १४:०२ बजे, शुक्रबार, असार ६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्