चिकित्सा शिक्षा विधेयक पारित नभएको भन्दै सर्वोच्चमा रिट
काठमाडौं, माघ १३ : शुक्रबारको संसद बैठकमा पेश भएको राष्ट्रिय चिकित्सा शिक्षा विधेयकको छलफलका क्रममा सभामुखले संशोधनको अंशको विरोधमा बहुमत पुगेको ....

काठमाडौं, माघ १३ : शुक्रबारको संसद बैठकमा पेश भएको राष्ट्रिय चिकित्सा शिक्षा विधेयकको छलफलका क्रममा सभामुखले संशोधनको अंशको विरोधमा बहुमत पुगेको भन्दै मुल विधेयकको अंश बनेको भन्ने भनाईले विधेयक पारित नभएको भन्दै सर्वोचचमा रिट निवेदन दायर हुने भएको छ ।
वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले संसदीय अभ्यासमा सभामुखले बोलेको विषयनै विधेयकमा समाहित हुने भएकाले चिकित्सा शिक्षा विधेयक विधिवत रुपमा पास नभएको भन्दै आज रिट दर्ता गर्ने भएका हुन् । ‘मतदान नभएको र हात उठाएर पास गरिएको विधेयकमा सभामुखले बाल्ने शब्दनै कानुन हुन्छ’ भण्डारीले काठमाडौं प्रेससँग भने, ‘सभामुखले शुक्रबार चिकित्सा शिक्षा विधेयकमा परेको शंसोधनको विपक्षमा बहुमत भएको भनेकाले उक्त विधेयक पास भएको छैन् ।’
रिट निवेदनमा विधेयकमा सरकारले गरेको शंसोधनको विपक्षमा बहुमत पुगेको घोषणा सभामुखले गरेकाले विधेयक पास नभएको भन्दै त्यस विषयमा संसदको अडियो मगाउन माग गरिएको छ ।











