Kathmandu Press

निकुञ्जमा अवैध गतिविधि गरेको आरोपमा सेनाद्वारा ६ जना पक्राउ 

काठमाडौं, जेठ १४ : नेपाली सेनाका विभिन्न गणबाट निकुञ्जको सु्रक्षामा खटिएका टोलीले अवैध क्रियाकलापमा संलग्न ६ जनालाई पक्राउ गरेको छ। उनीहरूमध्ये शिवपुरी नागार्जुन...
निकुञ्जमा अवैध गतिविधि गरेको आरोपमा सेनाद्वारा ६ जना पक्राउ 
अवैध रूपमा जडीबुटी संकलन गरेको आरोपमा खप्तड राष्ट्रिय निकुञ्जबाट पक्राउ परेकाहरू। तस्बिर सौजन्य : नेपाली सेना

काठमाडौं, जेठ १४ : नेपाली सेनाका विभिन्न गणबाट निकुञ्जको सु्रक्षामा खटिएका टोलीले अवैध क्रियाकलापमा संलग्न ६ जनालाई पक्राउ गरेको छ। उनीहरूमध्ये शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जबाट एक, पर्सा राष्ट्रिय निकुञ्जबाट एक र खप्तड राष्ट्रिय निकुञ्जबाट चारजना पक्राउ परेको नेपाली सेनाले जनाएको छ।   

शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको सुरक्षामा तैनाथ दि फेमस महिन्द्र दल गणअन्तर्गतमा संचालन भइरहेको ‘अपरेसन महाहन्ट ७’ मा खटिएका विभिन्न टोलीले बुधबार चिलाउने भन्ने ठाउँबाट बदेल मारेको आरोपमा एकजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्ने व्यक्ति काठमाडौंको गोकर्णेश्वर नगरपालिका-१ चिलाउने निवासी ५० वर्षीय धन बहादुर तामाङ  हुनर। सेनाका अनुसार उनी बा२९प १५७९ नम्बरको मोटरसाइकलमा सुन्दरीजलतर्फ जाँदै गरेको अवस्थामा पक्राउ बँदेलको १५ केजीमासुसहित पक्राउ परेका हुन्। 

त्यस्तै पर्सा राष्ट्रिय निकुञ्जको सुरक्षार्थ तैनाथ सिद्धिबक्सक गणको सुरक्षा पोस्ट चकरी र निकुञ्जज प्रशासन सहितको संयुक्त टोलीले बुधबार निकुञ्ज अतिक्रमण गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ।

मकवानपुरको मनहरी गाउँपालिका-३ तल्लो सुकौरास्थित जंगलमा रुखबिरुवा कटान गरी खनजोत गरेर बाली लगाउने र छाप्रो बनाई निकुञ्जको जंगल अतिक्रमण गरेको आरोपमा सोही ठाउँ निवासी ६३ वर्षीय रामलाल थिङ पक्राउ परेका हुन्।

त्यसैगरी प्रकृति संरक्षण कार्यलाई प्रभावकारी बनाउन र निकुञ्जमा हुने अवैध चोरीसिकारी नियन्त्रण गर्न खप्तड राष्ट्रिय निकुञ्जको सुरक्षार्थ तैनाथ सिंह शार्दुल गुल्मको पेट्रोल टोलीले बिहीबार अवैध रूपमा जडीबुटी संकलन गरेको आरोपमा चार जनालाई पक्राउ गरेको छ।

छिन्ना गाउँपालिका-५ स्थित घोडादाउन्नाह पाटन निकुञ्जको कोर इलाकामा अवैध रूपमा जडीबुटी संकलन गरिरहेका चारजना जना सतुवा ३५ केजी।, वन लसुन ८ केजी र गदाल्नो डेढ केजीसहित पक्राउ परेका हुन्। 

उनीहरूलाई कारबाहीका लागि निकुञ्ज प्रशासनसमक्ष बुझाइएको  नेपाली सेनाले जनाएको छ।
 

प्रकाशित मिति: १७:२९ बजे, शुक्रबार, जेठ १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्