Kathmandu Press

नाइजेरियाको समुद्रमा डुंगा दुर्घटना, ५० भन्दा बढी यात्रुको मृत्यु

नाइजर, जेठ १४ : नाइजेरयाको उत्तरपश्चिम राज्य केब्बीस्थित समुद्रमा डुंगा दुर्घटना हुँदा ५० भन्दा धेरै यात्रुको मृत्यु भएको भने दर्जनौँ मानिस हराइरहेका छन्।सरकारी...
नाइजेरियाको समुद्रमा डुंगा दुर्घटना, ५० भन्दा बढी यात्रुको मृत्यु
सांकेतिक तस्बिर

नाइजर, जेठ १४ : नाइजेरियाको उत्तरपश्चिम राज्य केब्बीस्थित समुद्रमा डुंगा दुर्घटना हुँदा ५० भन्दा धेरै यात्रुको मृत्यु भएको भने दर्जनौँ मानिस हराइरहेका छन्।

सरकारी अधिकारीहरुका अनुसार क्षमताभन्दा बढी यात्रु भएकाले डुंगा दुर्घटनामा परेको हो। उक्त डुंगामा कम्तीमा १ सय ५० यात्रु सवार थिए।

तीमध्ये धेरैजसो केब्बी राज्यको भएको बुझिएको छ। केब्बीस्थित स्थानीय प्रशासनले दुर्घटनामा ५३ जनाको मृत्यु भएको र मृतक संख्या अझै बढ्न सक्ने बताएको छ।

उद्धार गरिएका केही घाइतेलाई नजिकका अस्पताल लगिएको र केही निको भइ घर फर्किएको जनाइएको छ। घटनास्थलबाट ४७ जनाको शव निकालेको केब्बीको विपद् व्यवस्थापन एजेन्सीले जनाएको छ।

उद्धार कार्यमा कठिनाइ भएकाले यकिन विवरण आउन नसकेको नाइजर प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १६:०५ बजे, शुक्रबार, जेठ १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्