Kathmandu Press

प्रधानमन्त्रीले गरे भर्चुअल माध्यमबाट दमक क्याम्पसको भवन शिलान्यास

प्रधानमन्त्रीले गरे भर्चुअल माध्यमबाट दमक क्याम्पसको भवन शिलान्यास

काठमाडौं, जेठ १४ : प्रधानमन्त्री केपी ओलीले दमक क्याम्पसको थप नयाँ भवनको शिलान्यास गरेका छन्। क्याम्पसको संयोजनमा आज भर्चुअलका माध्यमबाट उनले भवनको शिलान्यास गरे। 

शिलान्यास गरिएका व्यावसायिक प्रयोजनसहितका चारवटा ब्लक रहनेछन् । हरेक भवन अन्डरग्राउन्ड पार्किङसहित पाँच तलाका हुनेछन् । त्यसमा एकतला सटर र एउटा भवनमा छवटा कक्षा कोठा हुनेछन् । चौतीस कक्षा कोठा र १८ सटरसहितका भवन बन्ने सञ्चालक देउकुमार नेम्बाङले बताए।

नगरपालिकामार्फत रु आठ करोड ९४ लाखको लागतमा ठेक्का लागेको हो । निर्माण सम्झौता १० महिनाभित्र सम्पन्न गरिसक्नुपर्ने उनले बताए। भर्चुअलमा प्रधानमन्त्री ओलीका प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीले पूर्वकै गहनाका रुपमा शैक्षिक प्रतिष्ठानका रुपमा विकास गर्न उक्त क्याम्पसलाई भौतिक पूर्वाधार बनाउनका लागि चालु आर्थिक वर्षमा उल्लेख्य बजेट विनियोजन गरिएको बताए।

प्रधानमन्त्री ओलीले शिलान्यास गरेपछि अन्य संरचनाको नगरपालिकाका प्रमुख रोमनाथ ओलीले समेत स्थलगत शिलान्यास गरेका थिए । 
 

प्रकाशित मिति: १५:२९ बजे, शुक्रबार, जेठ १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्