चीनले दिने १० लाख डोज खोप लिन सोमबार नेपाल एयरलाइन्सको जहाज बेइजिङ पठाइँदै
काठमाडौं, जेठ १४ : बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी र उनका चिनियाँ ससमकक्षी सी चिनफिङसँग फेनवार्ता भएको थियो । त्यसक्रममा चिनियाँ राष्ट्रपतिले नेपाललाई अनुदानस्वरूप...
काठमाडौं, जेठ १४ : बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी र उनका चिनियाँ समकक्षी सी चिन फिङबीच फेनवार्ता भएको थियो । त्यसक्रममा चिनियाँ राष्ट्रपति चिनफिङले नेपाललाई अनुदानस्वरूप १० लाख डोज खोप दिने घोषणा गरेका थिए।
चीनले दिन लागेको कोरोनाविरुद्धको त्यही खोप लिन नेपाल एयरलाइन्सको वाइडबडी जहाज बेइजिङ पठाउन लागिएको जनाइएको छ। नेपाल एयरलाइन्सका अनुसार वाइडबडी ए३३० जहाज सोमबार बेइजिङतर्फ पठाउने तयारी भइरहेको हो।
चीनले यसअघि पनि कोरानाविरुद्धको ८ लाख डोज भेरोसेल खोप सहयोग गरेको थियो । त्यही खोपको दोस्रो डोज दिने कार्यक्रम अहिले पनि जारी छ।
प्रकाशित मिति: १५:१८ बजे, शुक्रबार, जेठ १४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











