Kathmandu Press

विवेकशील साझाका नेता उज्ज्वल थापाको भेन्टिलेटरमा उपचार हुँदै

काठमाडौं, जेठ १४ : कोरोना भाइरसको संक्रमणका कारण विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापाको स्वास्थ्य स्थिति जटिल बनेको छ। अहिले उनको भेन्टिलेटरमा उपचार...
विवेकशील साझाका नेता उज्ज्वल थापाको भेन्टिलेटरमा उपचार हुँदै

काठमाडौं, जेठ १४ : कोरोना भाइरसको संक्रमणका कारण विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापाको स्वास्थ्य स्थिति जटिल बनेको छ। अहिले उनको भेन्टिलेटरमा उपचार भइरहेको छ।

सुरुमा ह्याम्स अस्पताल भर्ना गरिएको उनलाई त्यहाँबाट उनलाई ग्रान्डीमा रेफर गरिएको थियो। त्यहाँबाट आज (शुक्रबार) उनलाई मेडिसिटी अस्पताल लाने पार्टीका संयोजक मिलन पाण्डे बताएका छन्। उनको फोक्सोमा समस्या देखिएको चिकित्सकहरुको भनाइ छ।

उनको उपचारइक्मो प्रविधिबाट गर्नुपर्ने भएको र उक्त सुविधा मेडिसिटीमा मात्र रहेकाले रेफर गरिएको उनको उपचारमा संलग्न ग्रान्डीका चिकित्सकले बताएका छन्। 

इक्मोको उपचारका लागि ठूलो खर्च लाग्ने भएकाले संयोजक पाण्डेले आर्थिक सहयोगका लागि सामाजिक सञ्जालमार्फत आह्वान गरेका छन्।

थापा २०७६ असोज २९ अघिसम्म विवेकशील नेपाली दल अध्यक्ष थिए। पछि पाण्डे संयोजक बनेका थिए। रवीन्द्र मिश्रको साझा पार्टीसँग भएको एकता नटिकेपछि फेरि विवेकशील साझा नै बन्यो तर उनले नेतृत्व गर्न चाहेनन्।

प्रकाशित मिति: १५:०१ बजे, शुक्रबार, जेठ १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्