Kathmandu Press

स्वास्थ्य मन्त्रालयका प्रवक्तामा डा. कृष्ण पौडेल

काठमाडौं, जेठ १४ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रवक्ताको जिम्मेवारी इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेललाई दिइएको छ।  यसअघिका प्रवक्ता...
स्वास्थ्य मन्त्रालयका प्रवक्तामा डा. कृष्ण पौडेल

काठमाडौं, जेठ १४ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रवक्ताको जिम्मेवारी इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेललाई दिइएको छ।  

यसअघिका प्रवक्ता डा. जागेश्वर गौतम कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) को प्रमुख प्रशासकीय अधिकारीमा नियुक्त भएपछि मन्त्रालयले आफूलाई आजदेखि प्रवक्ताको जिम्मेवारी दिएको पौडेलले जानकारी दिए।  
 

प्रकाशित मिति: १४:४० बजे, शुक्रबार, जेठ १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्