राष्ट्रिय सभा सदस्यमा देवकोटाले लिए सपथ
काठमाडौं, जेठ १४ : राष्ट्रिय सभा सदस्यमा निर्वाचित खिमलाल देवकोटाले पद तथा गोपनीयताको सपथ लिएका छन्। राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आज देवकोटालाई पद...
काठमाडौं, जेठ १४ : राष्ट्रिय सभा सदस्यमा निर्वाचित खिमलाल देवकोटाले पद तथा गोपनीयताको सपथ लिएका छन्। राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आज देवकोटालाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन्।
देवकोटा गत जेठ ६ मा भएको राष्ट्रिय सभा उपनिर्वाचनमा विजयी भएका थिए। देवकोटाले नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई हराएका थिए। देवकोटाले ५ हजार ८८ मत पाएका थिए भने थापाले ४ हजार १४ मत पाएका थिए ।
स्वतन्त्र रूपमा उठेका उनलाई नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र तथा नेकपा एमालेको माधवकुमार नेपाल पक्षले सहयोग गरेको थियो।
प्रकाशित मिति: १४:२७ बजे, शुक्रबार, जेठ १४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











