Kathmandu Press

सिसौको रुख काट्दा कुटपिट गरेर महिलाको हत्या

सिरहा, असार ६ : सिसौंको रुख काटेको भन्दै कुटपिट गरेर एक महिलाको हत्या गरिएको छ।

सिसौको रुख काटेको भन्दै सिरहाको लहान नगरपालिका–९ गोठ ट....

सिसौको रुख काट्दा कुटपिट गरेर महिलाको हत्या

सिरहा, असार ६ : सिसौंको रुख काटेको भन्दै कुटपिट गरेर एक महिलाको हत्या गरिएको छ।

सिसौको रुख काटेको भन्दै सिरहाको लहान नगरपालिका–९ गोठ टोलकी ५३ वर्षीया तेतरीदेवी महतोलाई लहान–१५ का दाजुभाइ आशाराम महतो र सुमेश्वर महतोले निर्घात कुटपिट गरेका थिए।

कुटपिटबाट गम्भीर घाइते तितरीदेवीको आज बिहान घरमै मृत्यु भएको लहान इलाका प्रहरी कार्यालयले जनाएको छ।

उनको मृत्युपछि कुटपिट गर्ने दुवै दाजुभाइ आशाराम र सुमेश्वर फरार रहेका छन्। उनीहरूको खोजी भइरहेको इलाका प्रहरी कार्यालयले जनाएको छ।

 

प्रकाशित मिति: १२:२६ बजे, शुक्रबार, असार ६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्