फ्रान्सका राष्ट्रपति माक्रोनले रुवाण्डाका जनतासँग मागे माफी
पेरिस, जेठ १४ : रुवाण्डामा सन् १९९४ को नरसंहारमा फ्रान्सको भूमिका रहेको भन्दै राष्ट्रपति इमानुएल माक्रोनले रुवाण्डाका जनतासँग माफी मागेका छन्। शुक्रबार रुवाण्डाको राजधानी किगलीस्थित...
पेरिस, जेठ १४ : रुवाण्डामा सन् १९९४ को नरसंहारमा फ्रान्सको भूमिका रहेको भन्दै राष्ट्रपति इमानुएल माक्रोनले रुवाण्डाका जनतासँग माफी मागेका छन्।
शुक्रबार रुवाण्डाको राजधानी किगलीस्थित नरसंहार स्मारकमा बोल्ने क्रममा माक्रोनले माफी मागेका हुन्। सन् १९९४ को नरसंहारमा परी रुवाण्डाका टुटसिस र हुटुज जातिका ८ लाख मानिसको ज्यान गएको थियो ।
माक्रोनले रुवाण्डामा भएको नरसंहारमा फ्रान्सको भूमिकाको विषयमा अनुसन्धान नगरिएको र सत्य लुकाई मौन राखिएको भन्दै माफी मागेका हुन्।
रुवाण्डाका राष्ट्रपति पाल कागमेले राष्ट्रपति माक्रोनका शब्दहरु माफी भन्दा बढी मूल्यवान् भएको बताएका छन्। उनले फ्रान्सको यो कदमको प्रशंसा गरेका छन्।
सन् २०१५ मा तत्कालीन राष्ट्रपति फ्रान्सियोस ओलान्डेले रुवाण्डा नरसंहारको अभिलेखलाई वर्गीकृत गरिनेछ भनेका थिए।
तर दुई वर्षपछि एक शोधकर्ताले अभिलेख अध्ययन गर्न अनुमति मागेपछि फ्रान्सको संवैधानिक परिषद्ले अभिलेख गोप्य रहनुपर्ने आदेश दिएको थियो।
राष्ट्रपति माक्रोनले नरसंहारको विषयमा अनुसन्धान गर्न उच्चस्तरिय टोली गठन गरेका थिए।












