Kathmandu Press

अफ्रिकालाई ६ सातामा दुई करोड अस्ट्राजेनेका खोप आवश्यक : डब्लुएचओ

काठमाडौं, जेठ १४ : विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले अफ्रिका महामाद्वीपलाई ६ साताभित्र २ करोड अस्ट्राजेनेको खोप आवश्यक रहेको बताएको छ।कोरोनाविरुद्ध अस्ट्राजेनेका खोपको...
अफ्रिकालाई ६ सातामा दुई करोड अस्ट्राजेनेका खोप आवश्यक : डब्लुएचओ

काठमाडौं, जेठ १४ : विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले अफ्रिका महामाद्वीपलाई ६ साताभित्र २ करोड अस्ट्राजेनेको खोप आवश्यक रहेको बताएको छ।

कोरोनाविरुद्ध अस्ट्राजेनेका खोपको पहिलो डोज लगाएकालाई दोस्रो डोज लगाउन त्यति परिमाणमा खोप आवश्यक रहेको विश्व स्वास्थ्य संगठनले बिहिबार बताएको हो। 

‘अफ्रिकालाई अब खोप चाहिएको छ,’ अफ्रिकाका लागि विश्व स्वास्थ्य संगठनका क्षेत्रीय निर्देशक डा. मत्शिदिसो मोइतीले भने,  ‘हाम्रा खोप अभियानहरूमा कुनै प्रकारको रोकावटका कारण मानिसहरुले ज्यान गुमाउँन सक्छन् र बाँच्ने आशा गुम्न सक्छ ।’ 

अफ्रिकास्थित रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी) का प्रमुखले अन्तर्राष्ट्रिय समुदायलाई यो सामूहिक सुरक्षाको मुद्दालाई ध्यानमा राखी अफ्रिका महाद्वीपमा आवश्यक पर्ने खोपको खुराक उपलब्ध गराउन अह्रावान गरेका छन्। 

‘हामीले अफ्रिकामा महामारीविरुद्ध खोप लगाउने लडाइँ जितिरहेका छैनौं,’ अफ्रिका सीडीसी निर्देशक जोन नेकेनसयलङले भने। 

प्रकाशित मिति: १२:४९ बजे, शुक्रबार, जेठ १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्