Kathmandu Press

नेताको जिम्मेवारी बाँडफाँड र सरकार पुनर्गठनबारे एकसाथ छलफल

काठमाडौं, असार ६ : नेकपा सचिवालय बैठक फेरि सरेको छ। नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल जारी रहेकाले ....

नेताको जिम्मेवारी बाँडफाँड र सरकार पुनर्गठनबारे एकसाथ छलफल
फाइल फोटो

काठमाडौं, असार ६ : नेकपा सचिवालय बैठक फेरि सरेको छ। नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल जारी रहेकाले शुक्रबार बस्ने भनिएको सचिवालय बैठक सारिएको हो। 

प्रधानमन्त्री ओलीको युराप भ्रमणपछि नेकपा सचिवालय बैठक बस्न सकेको छैन। आन्तरिक विवादका कारण बैठक बस्न नसकेको जनाएको छ। हिजो प्रधानमन्त्री ओली र प्रचण्डबीच दुई घण्टा छलफल भएको थियो। विशेष गरेर राजनीतिक दस्तावेजका विषयमा छलफल भएको जनाएको छ।

दुवै अध्यक्षबीचको छलफल पछि आज सचिवालय बैठक बस्ने जनाएको थियो। तर, तयारी नपुगेकाले बैठक स्थगित भएको एमाले स्रोतले जनाएको छ। नेकपा सचिवालयको बैठक भोलि बोलाइएको छ। शनिबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमै बैठक बोलाएको जनाएको छ।

आज पनि दुवै अध्यक्ष छलफलमा व्यस्त छन्। केन्द्रीय सदस्यलाई जिम्मेवारी बाँडफाँड र सरकार पुनर्गठनबारे एकसाथ छलफल हुने जनाएको छ। त्यसको तयारीका लागि आज दुवै अध्यक्षबीच छलफल भइरहेको नेकपा स्रोतले जनाएको छ।

प्रकाशित मिति: १२:१४ बजे, शुक्रबार, असार ६, २०७६