हङकङका प्रजातन्त्र पक्षधर प्रसिद्ध व्यापारी जिमीलाई थप १४ महिना जेल
हङकङ, जेठ १४ : हङकङमा प्रजातन्त्रको पक्षमा आन्दोलन गरेको आरोपमा प्रसिद्ध व्पापारी जिमी लाईलाई थप १४ महिना जेल सजाय सुनाइएको छ। सन् २०१९ अक्टोबर...
हङकङ, जेठ १४ : हङकङमा प्रजातन्त्रको पक्षमा आन्दोलन गरेको आरोपमा प्रसिद्ध व्पापारी जिमी लाईलाई थप १४ महिना जेल सजाय सुनाइएको छ।
सन् २०१९ अक्टोबर १ मा प्रजातन्त्रको पक्षमा आन्दोलन गरेको भन्दै उनलाई शुक्रबार हङकङ सर्वोच्च अदालतले थप १४ महिना जेल सजाय सुनाएको हो।
हाल जिमी जेल जीवन बिताइरहेका छन्। गत महिना जिमीलाई प्रजातन्त्रको पक्षमा आन्दोलन गरेको दोषी पाइएको र उनलाई ६ महिनाको जेल सजाय सुनाइएको थियो।
शुक्रवार सुनाइएको सहित जमीको जेल सजाय अवधि २० महिना पुगेको छ। २५ वर्षीय अभियानकर्ता फिगो चानका साथै पूर्वविधायक ली चेक यान र लिङ क्वाङ हङसहित सात अन्य कार्यकर्ताहरुलाई पनि १८ महिना जेल सजाय सुनाइएको छ ।
सन् २०१९ अक्टोबर १ मा भएको प्रजातन्त्र समर्थीत अन्दोलनमा दश हजारभन्दा बढीलाई पक्राउ गरिनुका साथै लगभग दुई हजार पाँच सयलाई विभिन्न अपराधका लागि दोषी पाइएको थियो।












