Kathmandu Press

सिरियाको राष्ट्रपतिमा पुनः असद निर्वाचित

सिरिया, जेठ १४ : सिरियामा राष्ट्रपति पदका लागि भएको निर्वाचनबाट पुनः वर्तमान राष्ट्रपति बसर अल असद निर्वाचित भएका छन्। दुई दिन अघि भएको मतदानबाट...
सिरियाको राष्ट्रपतिमा पुनः असद निर्वाचित

सिरिया, जेठ १४ : सिरियामा राष्ट्रपति पदका लागि भएको निर्वाचनबाट पुनः वर्तमान राष्ट्रपति बसर अल असद निर्वाचित भएका छन्। दुई दिन अघि भएको मतदानबाट उनी नै पुनः राष्ट्रपति निर्वाचित भएको बताइएको छ।

सिरियाका सभामुख हमादेन सवागले बिहीबार सो कुराको घोषणा गरेका हुन्। सिरियाको संसदले बिहीबार उनी पुन सिरियाको राष्ट्रपतिमा निर्वाचित भएको समाचार घोषणा गरेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।

Hardik ivf

समाचारमा जनाइएअनुसार उनले यस पटकको निर्वाचनमा उनका प्रतिद्धन्द्धीहरुको भन्दा निकै धेरै मत ल्याएका छन् । उनको ९५.१ प्रतिशत मत आएको सिरियाको संसदले घोषणा गरेको छ।

यस पटक समेत गरी उनी सिरियाको राष्ट्रपतिमा चौथो पटक निर्वाचित भएका हुन्। उनको कार्यकाल सात वर्षको हुनेछ। उनले यसअघि सन् २०१४ मा भएको निर्वाचनमा ८८ प्रतिशत मत ल्याएकोमा यस पटक भने त्यो भन्दा पनि बढी मत ल्याएका छन्।

सिरियामा अहिले पनि सुरक्षाको समस्या रहेकोले निश्चित क्षेत्रहरुमा मात्र मतदान भएको बताएको थियो । खासगरी सिरियाको राजधानी र सरकारको नियन्न्त्रणमा रहेका क्षेत्रहरुबोहकका क्षेत्रमा सुरक्षा व्यवस्था निकैकडा बनाइएको थियो।

सिरियाका आन्तरिक मामिला सम्बन्धी मन्त्री मोहमद अल रहमाउनले सिरियामा बुधबार भएको मतदान शान्ति सुरक्षाको व्यवस्था मिलाइएका कारण शान्तिपूर्ण रुपमा सम्पन्न भएको जानकारी दिए।  

सिरियाका राष्ट्रपति बसार अल असदसहित यहाँका तीन जनाले राष्ट्रपति पदमा उम्मेदावारी दिएका थिए । सिरियामा केही वर्षअघि देखि नै राष्ट्रपति असदका विरुद्धमा आन्दोलन चर्किएको थियो।
 

प्रकाशित मिति: ११:५९ बजे, शुक्रबार, जेठ १४, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्