Kathmandu Press

कोरोनाबाट निजी क्षेत्रको रेडियोहरूको संस्था बानका अध्यक्ष चन्द्र न्यौपानेको  निधन

काठमाडौं, जेठ १४ : कोरोना संक्रमणबाट नेपालका निजी क्षेत्रका रेडियोहरूको संस्था (ब्रोडकाष्टिङ एशोसिएसन अफ नेपाल बान) का अध्यक्ष चन्द्र न्यौपानेको निधन भएको छ।कोरोना संक्रमणपछि...
कोरोनाबाट निजी क्षेत्रको रेडियोहरूको संस्था बानका अध्यक्ष चन्द्र न्यौपानेको  निधन

काठमाडौं, जेठ १४ : कोरोना संक्रमणबाट नेपालका निजी क्षेत्रका रेडियोहरूको संस्था (ब्रोडकाष्टिङ एशोसिएसन अफ नेपाल बान) का अध्यक्ष चन्द्र न्यौपानेको निधन भएको छ।

कोरोना संक्रमणपछि करिब तीन सातादेखि विराटनगरको विराट मेडिकल कलेजमा उपचाररत ५० वर्षीय न्यौपानेको आज बिहान निधन भएको हो।

उनलाई भेन्टिलेटर, आइसियू र पछि आइडियुमा राखेर उपचार गरिएको थियो।

उनी सरकारले गठन गरेको विज्ञापन बोर्डमा उनी सदस्य थिए भने इटहरीको सप्तकोशी एफएमका सञ्चालक पनि थिए।

प्रकाशित मिति: १०:४८ बजे, शुक्रबार, जेठ १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्