Kathmandu Press

भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि कुटपिट गर्नेलाई कडा कारवाही गर्न देउवाको माग

काठमाडौं, जेठ १४ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बाँकेको भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि कुटपिट गर्नेलाई कडा कारवाही गर्न माग गरेका छन्। देउवाले आज बिहान ट्वीट...
भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि कुटपिट गर्नेलाई कडा कारवाही गर्न देउवाको माग

काठमाडौं, जेठ १४ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बाँकेको भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि कुटपिट गर्नेलाई कडा कारवाही गर्न माग गरेका छन्। 

देउवाले आज बिहान ट्वीट गर्दै अस्पतालका स्वास्थ्यकर्मीमाथि आक्रमण  गर्नेलाई कडा कारवाही गर्न माग गरेका हुन् । ‘स्वास्थ्यकर्मीमाथि भएको यो घटनाको छानविन गरी आक्रमणमा संलग्नमाथि कडा कारवाही गर्न माग गर्दछु,’ देउवाले भनेका छन् ।

बिहीबार बेलुकी आफन्तको मृत्युपछि डाक्टर र नर्समाथि ४/५ जनाको समूहले कुटपिट गर्दै अस्पताल तोडफोड गरेका थिए।

घटनामा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य मानबहादुर रावतलगायत ३ जना संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।


 

प्रकाशित मिति: १०:४१ बजे, शुक्रबार, जेठ १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्