Kathmandu Press

प्रत्येक जिल्लाका लागि प्रदेश २ ले किन्यो दमकल

जनकपुर, १४ : प्रदेश २ सरकारले सबै जिल्लाका लागि एक–एक वटा दमकल किनेको छ।गर्मी बढेसँगै हरेक वर्ष हुने आगलागीको समस्यालाई ध्यानमा राखेर आन्तरिक मामिला...
प्रत्येक जिल्लाका लागि प्रदेश २ ले किन्यो दमकल

जनकपुर, १४ : प्रदेश २ सरकारले सबै जिल्लाका लागि एक–एक वटा दमकल किनेको छ।

गर्मी बढेसँगै हरेक वर्ष हुने आगलागीको समस्यालाई ध्यानमा राखेर आन्तरिक मामिला तथा कानून मन्त्रालयले नौ वटा दमकल किनेको हो। यसले आगलागी नियन्त्रणमा सहयोग पुग्ने मन्त्रालयका प्रवक्ता अवधकिशोर कुसवाहाले बताए।

यी दमकल प्रदेशका आठ वटा जिल्ला प्रशासन कार्यालयलाई हस्तान्तरण गरिने उनले बताए। एउटा प्रदेश प्रहरी कार्यालयलाई दिनइने भएको छ। 

नयाँ दमकल बिहीबार जनकपुर पुगेका छन्। । एउटा दमकलको मूल्य ५३ लाख रुपैयाँ रहेको उनले बताए। 
 

प्रकाशित मिति: ०७:४४ बजे, शुक्रबार, जेठ १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्