नगरकोट क्षेत्रमा एक साता सिल, अवज्ञा गर्नेलाई कडा कारबाही
भक्तपुर, जेठ १३ : नगरकोट क्षेत्र एक साताका लागि सिल गरिने भएको छ। कोरोना भाइरसको संक्रमण तीव्र भएपछि चाँगुनारायण नगरपालिका-६ वडा कार्यालयले भोलि...
भक्तपुर, जेठ १३ : नगरकोट क्षेत्र एक साताका लागि सिल गरिने भएको छ। कोरोना भाइरसको संक्रमण तीव्र भएपछि चाँगुनारायण नगरपालिका-६ वडा कार्यालयले भोलि (शुक्रबार) देखि जेठ २१ गतेसम्म नगरकोट क्षेत्र सिल गर्ने निर्णय गरेको हो।
चाँगुनारायण-६ का वडाध्यक्ष सन्ते वाइबाको हस्ताक्षरमा बिहीबार जारी सूचनामा साबिक नगरकोट गाविस ७ र ८ को भट्टेडाँडा आसपास, बजार क्षेत्र र मन्दनदेउपुर सिमानामा पूर्ण रुपमा सिल गर्ने उल्लेख छ।
तोकिएको अवधिमा औषधि, इन्धनबाहेकका सम्पूर्ण पसल, व्यवसाय, पेसा तथा उद्योगहरु बन्द गर्न÷गराउन साथै स्वास्थ्यसँग सम्बन्धित आपतकालीनबाहेकका अन्य जुनसुकै किसिमका आवागमन र मानवीय आवतजावतहरु बन्द गर्न सूचित गरिएको छ। सो अवधिमा डेरीहरूलाई दुध संकलन तथा बिक्री गर्नसमेत पूर्णरूपमा बन्देज गरिएको छ।
सिल अवज्ञा गरेको पाइए संक्रमण रोक ऐनबमोजिम कडा कारबाही हुने जनाइएको छ ।











