Kathmandu Press

वीरगञ्जमा डिएसपीले सर्जिकल हाउसका कर्मचारी कुटेको घटनामा छानबिन समिति गठन

पर्सा, जेठ १३ : वीरगञ्ज महानगरपालिकाको घण्टाघरस्थित चोकमा प्रहरीबाट भएको गैरव्यावसायिक व्यवहारको छानबिनका लागि प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण प्रसाँईका संयोजकत्वमा तीन सदस्यीय...
वीरगञ्जमा डिएसपीले सर्जिकल हाउसका कर्मचारी कुटेको घटनामा छानबिन समिति गठन

पर्सा, जेठ १३ : वीरगञ्ज महानगरपालिकाको घण्टाघरस्थित चोकमा प्रहरीबाट भएको गैरव्यावसायिक व्यवहारको छानबिनका लागि प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण प्रसाँईका संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ ।

समितिले  वडा नं ८ स्थित घण्टाघर चोकमा पसल सञ्चालकसँग प्रहरीद्वारा गरिएको गैरव्यावसायिक व्यवहारको छानबिन र आवश्यक कारवाही गर्ने जनाइएको छ ।

प्रदेश प्रहरी कार्यालयद्वारा जारी विज्ञप्तिमा समितिले अनुसन्धान शुरू गरिसकेको र कोही प्रहरी दोषी देखिएमा प्रहरी नियमावलीबमोजिम कारवाही गरिने जनाइएको छ। 
 

प्रकाशित मिति: १६:५४ बजे, बिहीबार, जेठ १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्