Kathmandu Press

निरुदेवी पालले फिर्ता गरिन् सरकारी सुविधाको गाडी

काठमाडौं, जेठ १३ ः तत्कालीन प्रतिनिधिसभा, महिला तथा सामाजिक समिति सभापति निरुदेवी पालले आफूले सभापतिको हैसियतले प्रयोग गर्दै आएको सवारी साधन आज फिर्ता...
निरुदेवी पालले फिर्ता गरिन् सरकारी सुविधाको गाडी

काठमाडौं, जेठ १३ ः तत्कालीन प्रतिनिधिसभा, महिला तथा सामाजिक समिति सभापति निरुदेवी पालले आफूले सभापतिको हैसियतले प्रयोग गर्दै आएको सवारी साधन आज फिर्ता गरेकी छन्।

सङ्घीय संसद् सचिवालयले महिला तथा सामाजिक समिति सभापतिका हैसियतले उपलब्ध गराएको गाडी आज सकुशल सवारी शाखामा बुझाएकी हुन्। 

निवर्तमान सांसद  पालले भनिन्, ‘प्रतिनिधिसभा विघटन भइसकेको छ, समिति सभापतिको हैसियतले मैले प्रयोग गर्दै आएको सवारी साधन आज  फिर्ता गरेको छु ।’
 

प्रकाशित मिति: १५:५८ बजे, बिहीबार, जेठ १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्