Kathmandu Press

रसुवागढी सुरूङमामा थुनिएका सबैको सकुसल उद्दार

काठमाडौं, असार ६ : रसुवागढी जलविद्युत आयोजनाको सुरूङमा थुनिएका सबै कामदारलाई सकुशल उद्धार गरिएको छ ।

आज बिहान ७ वजे ११ जना नेपाली र ६ जना चि....

रसुवागढी सुरूङमामा थुनिएका सबैको सकुसल उद्दार

काठमाडौं, असार ६ : रसुवागढी जलविद्युत आयोजनाको सुरूङमा थुनिएका सबै कामदारलाई सकुशल उद्धार गरिएको छ ।

आज बिहान ७ वजे ११ जना नेपाली र ६ जना चिनियाँ कामदारलाई सुरुङबाट सुरक्षित बाहिर निकालिएको हो । 

बिहीबार राति साढे ८ बजेतिर गोसाइकुण्ड गाउँपालिकामा निर्माणाधीन रसुवागढी जलविद्युत आयोजनाको सुरूङमा काम गर्ने सिलसिलामा सुख्खा पहिरो खस्दा १७ जना कामदार थुनिएका थिए । 

उनीहरुलाई उद्धार गर्न रातिदेखि नै नेपाली सेना, सशस्त्र प्रहरी र जनपद प्रहरीको टोली परिचालित थिए ।

‘सबै १७ जनालाई बिहान ७ बजे सकुशल उद्धार गरिएको छ । उहाँहरु खतरामुक्त भएकाले आत्तिनुपर्ने अवस्था केही पनि छैन,’ रसुवाका डिएसपी भोगेन्द्र ढकालले बताए । 

प्रकाशित मिति: ०८:२३ बजे, शुक्रबार, असार ६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्