सुदूरपश्चिम प्रदेशका तीन मन्त्रीलाई एमालेले सोध्यो स्पष्टीकरण
धनगढी, जेठ १३ : नेकपा एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले प्रदेश सरकारबाट फिर्ता हुने पार्टी निर्देशन अवज्ञा गर्ने ३ मन्त्रीलाई स्पष्टीकरण सोधेको छ।बिहीबार प्रदेश कमिटीका...
धनगढी, जेठ १३ : नेकपा एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले प्रदेश सरकारबाट फिर्ता हुने पार्टी निर्देशन अवज्ञा गर्ने ३ मन्त्रीलाई स्पष्टीकरण सोधेको छ।
बिहीबार प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्र सिंह रावलले सरकारबाट फिर्ता हुने पार्टी निर्देशन अवज्ञा गरेका एमाले नेताहरु प्रकाशबहादुर शाह, कृष्णराज सुवेदी र माया भट्टलाई२४ घण्टे स्पष्टीकरण सोधेका हुन् ।
यसअघि एमाले स्थायी कमिटी बैठकले सुदूरपश्चिममा सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्दै मन्त्रीबाट फिर्ता आउन नेताहरुलाई निर्देशन दिएको थियो ।
प्रकाशित मिति: १५:१९ बजे, बिहीबार, जेठ १३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











