Kathmandu Press

त्रिविले कटौती गर्यो हिउँदे र बर्खे बिदा

काठमाडौं, जेठ १३ : कोरोना संक्रमणका कारण अन्य विभिन्न क्षेत्रसँगै शैक्षि क्षेत्रको यिमित कार्यक्रम खल्बलिन पुगेको छ। तर त्यसलाई कसरी मिलाउन सकिन्छ भनेर भर्चुअल...
त्रिविले कटौती गर्यो हिउँदे र बर्खे बिदा

काठमाडौं, जेठ १३ : कोरोना संक्रमणका कारण अन्य विभिन्न क्षेत्रसँगै शैक्षि क्षेत्रको नियमित कार्यक्रम खल्बलिन पुगेको छ।

तर त्यसलाई कसरी मिलाउन सकिन्छ भनेर भर्चुअल कक्षा, परीक्षा सञ्चालन गर्नेलगायत अनेक प्रयासहरू भइरहेका छन्।

यसैक्रममा त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले यो वर्षका लागि तोकिएका वर्षे र हिउँदे बिदा कटौती गर्ने भएको छ।

कोरोना महामारीका कारण नियमित रूपमा सञ्चालन हुनुपर्ने पठनपाठन अवरुद्ध भएकाले बिदा कटौती गरिएको त्रिवि प्रशासनले जनाएको छ।

निषेधाज्ञाका कारण त्रिविमा भौतिक उपस्थितिमा हुने पठनपाठनबन्द गरिएको छ । त्यसको विकल्पका रूपमा भर्चुअल कक्षा भइरहेको त्रिविले जनाएको छ।

त्रिविका अनुसार शिक्षक तथा कर्मचारी सम्बन्धित निकाय प्रमुखसँग नियमित सम्पर्कमा रहनुपर्ने र आवश्यक परे कार्यालयमा उपस्थिति हुनुपर्नेछ। 

त्रिविले रोकिएका सबै परीक्षा वैकल्पिक विधिबाट सञ्चालन गर्ने  तयारी गरिरहेको जनाउँदै सबै विद्यार्थीलाई आफ्नो सम्पर्कमा आउन निर्देशन दिइसकेको छ।

प्रकाशित मिति: १४:२१ बजे, बिहीबार, जेठ १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्