हमासका नेता भन्छन्- गाजा पुनर्निर्माण सहायतामा कुनै हस्तक्षेप गदैनौं
गाजा, जेठ १३ : प्यालेस्टाइनको विद्रोही समूह हमास नेताले गाजा सहरको पुन निर्माण कार्यका लागी आउने सहयोग र अनुदानमा कनै हस्तक्षेप नगर्ने बताएका...
गाजा, जेठ १३ : प्यालेस्टाइनको विद्रोही समूह हमासका नेताले गाजा सहरको पुन निर्माण कार्यका लागी आउने सहयोग र अनुदानमा कनै हस्तक्षेप नगर्ने बताएका छन्।
गाजा सहरको पुनर्निर्माण गर्न आउने अन्तर्राष्ट्रिय सहयोग र अनुदानको एक पैसा पनि नचलाउने हमास समूहका नेता याह्या सिनवरले बताएका हुन्।
हमास समूहका प्रमुख नेता सिनवारले बुधबार अन्तर्राष्ट्रिय स्तरबाट आउने अनुदान र सहयोगलाई पारदर्शी र निष्पक्ष ढंगले वितरण गर्ने बताएका छन्।
‘हामी गाजाको पुनर्निर्माण गर्न कुनै पनि अन्तर्राष्ट्रिय वा अरब मुलुकको अनुदान र प्रयासलाई स्वागत गर्छौं,’ सिनवारले भने, ‘म पुनर्निर्माणमा आउने सहयोग र मानवीय प्रयासका लागि १ प्रतिशत पनि नलिने प्रतिबद्धता जनाउँछु ।’ उनले विगतमा पनि कहिल्यै एक पैसा नलिएको स्पष्ट पारे।
बुधबार बेलायती विदेश सचिव डोमिनिक रावले बेलायतले हालै गाजामा प्रभावितहरुलाई सहयोग पुर्याउन प्यालेस्टाइन शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसंघ सहायता तथा निर्माण संस्थालाई आपतकालीन सहयोग बापत ३२ लाख पाउन्ड (लगभग ४५ लाख अमेरिकी डलर) सहायता गर्ने वाचा गरेका छन्।












