Kathmandu Press

क्यालिफोर्नियामा अन्धाधुन्ध गोली प्रहार, आठजनाको मृत्यु 

वासिङ्टन, जेठ १३ : अमेरिकाको क्यालिफोर्निया राज्यको सान जोसे सहरको सान्टा क्लारा यातायात प्राधिकरणका एक कर्मचारीले बुधबार अन्धधुन्द गोली चलाउँदा आठजनाको मृत्यु भएको...
क्यालिफोर्नियामा अन्धाधुन्ध गोली प्रहार, आठजनाको मृत्यु 

वासिङ्टन, जेठ १३ : अमेरिकाको क्यालिफोर्निया राज्यको सान जोसे सहरको सान्टा क्लारा यातायात प्राधिकरणका एक कर्मचारीले बुधबार अन्धधुन्ध गोली चलाउँदा आठजनाको मृत्यु भएको छ। गोली हान्ने व्यक्ति ५७ वर्षीय समुएल क्यासिडी हुन्। 

‘जब प्रहरीहरु घटना स्थलमा पुगे, त्यस समय पनि उनी लगातार गोली चलाइरहेका थिए,’ सान्टा क्लारा काउन्टीका प्रहरी अधिकारी लौरी स्मिथले भने। 

अधिकारीहरूले मृत्यु हुनेमा यातायात प्रधिकरणकै कर्मचारीहरू रहेको बताएका छन्। उत्तm घटना भएका बेला कर्मचारीहरूको बैठक चलिरहेको थियो। 

उनकी पूर्व पत्नी सेसिलिया नेल्म्सले क्यासिडीले उनलाई आफ्ना सहकर्मीलाई मार्न चाहेको बताएकी छिन्। क्यासिडीले अन्धाधुन्ध गोली चलाउनुअघि उनको घरमा आगलागी भएको अधिकारीहरुले बताएका छन्। उक्त आगलागी क्यासिडी आफैले लगाएको वा लागेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको जनाइएको छ ।  

‘अमेरिकामा के भइरहेको छ ?,’ गभर्नर गेभिन न्युसोमले भने, ‘हामी अमेरिकीहरु कहिले आफ्ना हतियारबाट तल झार्छौं ?’ 

प्रकाशित मिति: १२:४० बजे, बिहीबार, जेठ १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्