Kathmandu Press

कोभिड–१९ को विषयमा रिर्पोट बुझाउन गुप्तचर संस्थालाई बाइडेनको आदेश 

वासिङटन, जेठ १३ : अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकी गुप्तचर संस्थालाई कोभिड–१९ को विषयमा अनुसन्धान गरी तीन महिनाभित्र रिर्पोट बुझाउँन आदेश दिएका छन् । पहिले...
कोभिड–१९ को विषयमा रिर्पोट बुझाउन गुप्तचर संस्थालाई बाइडेनको आदेश 

वासिङटन, जेठ १३ : अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकी गुप्तचर संस्थालाई कोभिड–१९ को विषयमा अनुसन्धान गरी तीन महिनाभित्र रिर्पोट बुझाउँन आदेश दिएका छन् । 

पहिले पटक चीनमा देखापरेको कोभिड–१९ जनावरबाट मानिसमा प्रसाार भएको वा प्रयोगशालामा भएको दुर्घटनाबाट फैलिएको हो भन्ने विषयमा अनुसन्धान गर्न र तीन महिनाभित्र रिर्पोट बुझाउन गुप्तचर संस्थालाई बुधबार राष्ट्रपति बाइडेनले आदेश दिएका हुन्।

बाइडेनले गुप्तचर संस्थाले कोभिड–१९ कसरी सुरु भयो भन्ने विषयमा सूचना संकलन र विश्लेषण गर्ने आफ्नो प्रयासलाई दोब्बर बनाउनु पर्छ जसले अमेरिकालार्ई निश्चित निष्कर्षमा पुग्न मद्दत गर्ने बताएका छन् । उनले संस्थालाई ९० दिनभित्र रिर्पोट लिएर आफु कहाँ आउँन आदेश दिएका छन् ।  

बाइडेनका अनुसार संस्था हाल दुई भागमा विभाजित भई सम्भावित स्रोतमा अनुसन्धान गरिरहेको छ। 

त्यस्तै, चीनले अमेरिकाको रिपब्लिकन पार्टीले आफुहरुलाई बदनाम गर्ने उद्देश्यले साथ प्रयोगशालामा भएको दुर्घटनाबाट कोभिड–१९ फैलिएको सिद्धान्त फैलाएको आरोप लगाएको छ । 

विश्वमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या १६ करोड ९० लाख ९४ हजार तीन सय ९३ जना छन् भने मुत्यु हुनेको संख्या ३५ लाख १२ हजार पाँच सय नौ जना छन् । त्यस्तै, निको हुनेको संख्या १५ करोड सात लाख २३ हजार दुई सय ७८ जना रहेको छ ।

प्रकाशित मिति: ११:४९ बजे, बिहीबार, जेठ १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्