Kathmandu Press

सुदूरपश्चिमका तीन मन्त्रीलाई एमालेले फिर्ता बोलायो

काठमाडौं, जेठ १३ : नेकपा एमालेले सुदूपश्चिम प्रदेश सरकारमा सहभागी तीन मन्त्रीलाई फिर्ता बोलाएको छ । एमाले सुदूरपश्चिम प्रदेश कमिटीले आन्तरिक मामिला तथा कानुन...
सुदूरपश्चिमका तीन मन्त्रीलाई एमालेले फिर्ता बोलायो

काठमाडौं, जेठ १३ : नेकपा एमालेले सुदूपश्चिम प्रदेश सरकारमा सहभागी तीन मन्त्रीलाई फिर्ता बोलाएको छ । एमाले सुदूरपश्चिम प्रदेश कमिटीले आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश बहादुर शाह, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्ट र सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीलाई सरकारबाट फिर्ता बोलाएको हो।

शनिबार बसेको एमाले स्थायी कमिटी बैठकले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेपछि प्रदेश कमिटी अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्र रावलले तीनै मन्त्रीलाई छुट्टा छुट्टै पत्र खेल्दै सरकारबाट फिर्ता हुने निर्देशन दिएका हुन् । 

तीनै जना मन्त्रीहरुलाई बुधबार नै सरकारबाट फिर्ता हुने पत्र काटिएको थियो । उनीहरुलाई आफ्नै नेतृत्वमा सरकार गठनका लागि पहल गर्न पनि भनिएको छ । 

प्रदेश कमिटीले सरकारबाट फिर्ता हुन मन्त्रीलाई निर्देशन दिए पनि बुधबार नै बसेको सुदूरपश्चिम प्रदेशमन् एमाले संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको थियो। एमाले सुदूरपश्चिम संसदीय दलमा माधव नेपाल समूहको बहुमत छ । बुधबारको बैठकमा ओली पक्षका सांसद् उपस्थित थिएनन्।

फिर्ता बोलाइएका तीनै जना मन्त्री पनि माधव नेपाल पक्षकै हुन् । सुदूरपश्चिम प्रदेश सभामा सभामुख सहित एमालेका २५ जना सदस्य छन्, तीमध्ये नेपाल पक्षका १८ र ओली पक्षका ६ जना छन्।

प्रकाशित मिति: ११:२६ बजे, बिहीबार, जेठ १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्