Kathmandu Press

शैक्षिक संस्था खोल्ने बंगलादेशको निर्णय 

ढाका, जेठ १३ : बंगलादेशको सरकारले जुन १३ बाट सबै शैक्षिक संस्थाहरु खोल्ने निर्णय गरेको छ। बंगलादेशी शिक्षा मन्त्रालयले कोरोना संक्रमण दर कम भइरहेको कारण सबै...
शैक्षिक संस्था खोल्ने बंगलादेशको निर्णय 

ढाका, जेठ १३ : बंगलादेशको सरकारले जुन १३ बाट सबै शैक्षिक संस्थाहरु खोल्ने निर्णय गरेको छ। 

बंगलादेशी शिक्षा मन्त्रालयले कोरोना संक्रमण दर कम भइरहेको कारण सबै शैक्षिक संस्थाहरु जुन १३ बाट खोल्ने तयारी भइरहेको बताएको छ। 

शिक्षामन्त्री डा. दीपु मोनीले महामारीको अवस्थामा पनि सावधानी अपनाएर शैक्षिक संस्था कसरी पुनः सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा सरकारले छलफल गरी खोल्ने निर्णय गरेको बताएका छन्। 

मन्त्री मोनीले शैक्षिक संस्थानहरू खुलेमा सन् २०२१ र २०२२ मा हुने सबै एसएससी र एचएससी परीक्षामा भाग लिने विद्यार्थीहरूको लागि हप्तामा ६ दिन नियमित कक्षा सुरु हुने बताएका छन्। 

बंगलादेशमा शैक्षिक संस्थानहरू गत वर्षको मार्चदेखि नै बन्द रहेका छन् । 

बंगलादेशमा हालसम्म कोरोना संक्रमितको संख्या सात लाख ९३ हजार ६ सय ९३ जना छ भने मुत्यु हुनेको संख्या १२ हजार चार सय ५८ जना छ । त्यस्तै, निको हुनेको संख्या सात लाख ३३ हजार आठ सय ६६ जना रहेको छ ।  

प्रकाशित मिति: ११:२१ बजे, बिहीबार, जेठ १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्