Kathmandu Press

कोरोनाबाट सल्यानमा थप चार जनाको मृत्यु 

सल्यान, जेठ १३ : कोरोना भाइरसको संक्रमणबाट सल्यानमा थप चार जनाको मृत्यु भएको छ। गएरातिदेखि आज बिहानसम्म सल्यान जिल्ला अस्पतालमा उपचाररत चार जनाको मृत्यु भएको...
कोरोनाबाट सल्यानमा थप चार जनाको मृत्यु 

सल्यान, जेठ १३ : कोरोना भाइरसको संक्रमणबाट सल्यानमा थप चार जनाको मृत्यु भएको छ। 

गएरातिदेखि आज बिहानसम्म सल्यान जिल्ला अस्पतालमा उपचाररत चार जनाको मृत्यु भएको हो। शारदा नगरपालिका–५ का ५१ वर्षीय युवक, शारदा नगरपालिका–१५ का ७७ वर्षीय बृद्ध, बागचौर नगरपालिका–९ का ६२ वर्षीय बृद्ध र रोल्पाको गंगादेव गाउँपालिका–३ की ६१ वर्षीया बृद्धाको मृत्यु भएको स्वास्थ्य सेवा कार्यालय सल्यानका कोरोना फोकल पर्सन रिखाराम पुनले बताए। 

चारै जनाको उपचारका क्रममा मृत्यु भएको पुनले बताए। यससँगै सल्यानमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४१ पुगेको छ। 

प्रकाशित मिति: ०९:०७ बजे, बिहीबार, जेठ १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्