पत्रकार महासंघका अध्यक्ष पोखरेल चढेको गाडी दुर्घटना

काठमाडौं, जेठ १२ : नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल सवार गाडी दाङमा दुर्घटनामा परेको छ ।
अध्यक्ष पोख्रेल सहित महासंघ दाङ शाखाका अध्यक्ष दुर्गालाल केसी, उपाध्यक्ष सन्तोष सुवेदी र दाङ शाखाका पूर्वअध्यक्ष सुदीप गौतम सवार गाडी तुलसीपुरमा दुर्घटनामा परेको हो ।
बुधवार दिउँसो दाङ तुल्सीपुर जेसिज चोक नजिक उनीहरु चढेको गाडीलाई सोही दिशाबाट आएको गाडीले ठक्कर दिएको हो । दुर्घटनामा मानवीय क्षति भने नभएको महासंघका महासचिव रोशन पुरीले जानकारी दिए ।
उनका अनुसार अध्यक्षसहित सबैजना सकुशल रहेका छन् ।
प्रकाशित मिति: २०:३१ बजे, बुधबार, जेठ १२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











