Kathmandu Press

बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

काठमाडौं, जेठ १२ : चार वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कञ्चन गाउँपालिका ४ बुद्धनगर बस्ने ५३ वर्षीय हेमलाल गन्धर्वलाई मंगलबार साँझ प्रहरीले...
बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

काठमाडौं, जेठ १२ : चार वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कञ्चन गाउँपालिका ४ बुद्धनगर बस्ने ५३ वर्षीय हेमलाल गन्धर्वलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

गन्धर्वले ती बालिकालाई आफ्नै घरमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रुद्रपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

प्रकाशित मिति: १८:५० बजे, बुधबार, जेठ १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्