‘खोप खरिदका लागि विभिन्न देशसँग छलफल भइरहेको छ’
काठमाडौं, जेठ १२ : भारतबाट सन् २०२१ भरि कोरोनाविरुद्धको खोप कोभिसिल्ड अरू मुलुकलाई नदिने भएपछि खोप खरिदका लागि नेपालले अन्य देशसँग छलफल गरिरहेको...
काठमाडौं, जेठ १२ : भारतबाट सन् २०२१ भरि कोरोनाविरुद्धको खोप कोभिसिल्ड अरू मुलुकलाई नदिने भएपछि खोप खरिदका लागि नेपालले अन्य देशसँग छलफल गरिरहेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना विरुद्धको खोप खरिदका लागि विभिन्न राष्ट्रहरूसँग छलफल अगाडि बढाएको मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीले बताए।
‘केही समयअगाडि भारतको अदालतले कोभिसिल्ड निर्यात नगर्न आदेश दिइसकेको छ,,’ उनले काठमाडौं प्रेससँग भने, ‘अब त्यस्तै खोप ल्याउन बेलायत, चीन, रसियालगायत देशहरूसँग छलफल भइरहेको छ।’
यस्तै सरकारले सबै खोप वितरक कम्पनीहरूसँग ५०/५० लाख डोज पठाउन माग गरे पनि खोप आउने निश्चितता नभएसम्म अन्य जानकारी दिन नमिल्ने बताए।
प्रकाशित मिति: १७:१२ बजे, बुधबार, जेठ १२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











