Kathmandu Press

काठमाडौं महानगरको नीति तथा कार्यक्रमः विद्युतीय सवारीसाधन पहिलो प्राथमिकतामा

काठमाडौं असार ५ : काठमाडौं महानगरपालिकाले आर्थिक बर्ष २०७६-०७७ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।

राष्ट्रिय सभागृहमा बिहीबार....

काठमाडौं महानगरको नीति तथा कार्यक्रमः विद्युतीय सवारीसाधन पहिलो प्राथमिकतामा

काठमाडौं असार ५ : काठमाडौं महानगरपालिकाले आर्थिक बर्ष २०७६-०७७ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।

राष्ट्रिय सभागृहमा बिहीबार आयोजित नगरसभा बैठकमा मेयर विद्यासुन्दर शाक्यले सार्वजनिक गरेको काठमाडौं महानगरको नीति तथा कार्यक्रममा सडक र विद्युतीय सवारीसाधनलाई पहिलो प्राथमिकतामा राखिएको छ। 

महानगरको अधिकार क्षेत्रभित्र पर्ने सडकमा विशेष टोली खटाएर सडक मर्मत सम्भारमा गरिने नीति तथा कार्यक्रममा उल्लेख छ। महानगरले आगामी आर्थिक वर्षमा महानगरपालिको सम्भाव्यता स्थानहरुमा साइकल लेन बनाउने कार्यक्रम अघि सारेको छ। मेयर विद्यासुन्दर शाक्यले सार्वजनिक गरेको कार्यक्रममा महानगरको अधिकार क्षेत्रभित्रका प्रमुख चोकहरुमा आधुनिक ट्राफिक लाइटहरु जडान गरेर ट्राफिक व्यवस्थापनलाई थप सहज र व्यवस्थित बनाउने उल्लेख छ।

आगामी आर्थिक वर्षमा महानगरपालिकाभित्र सबै स्थानमा स्मार्ट पार्किङ निर्माण गर्ने र संयुक्त घर बनाउनेलाई नक्सा पासमा ९० प्रतिशत छुट दिइने छ। दुई वा सोभन्दा बढी जना मिलेर एउटै घर बनाएर नक्सा पास गरेमा उक्त सेवा लिन सकिनेछ। पेश गरिएको नीति तथा कार्यक्रममा सुरक्षित भवन निर्माण गर्न महानगरवासीलाई प्रोत्साहन गर्ने उद्देश्यले २ वा २ भन्दा बढी जग्गाधनीहरुको सहमतिमा एउटै आवासीय भवन निर्माण गर्ने गरी नक्सा पेश गरेमा नक्सापास दस्तुरमा ९० प्रतिशत छुट दिने नीति अघि सारिएको छ।

मनमोहन र गणेशमानका नाममा पुरस्कार स्थापना

महानगरले सामाजिक विकास र सुरक्षा तथा संरक्षण नीतिमा तत्कालीन एमाले र नेपाली कांग्रेसका दुई नेताका नाममा पुरस्कार स्थापना गरेको छ।

नीति तथा कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा तत्कालीन नेकपा एमालेका अध्यक्ष स्वर्गीय मनमोहन अधिकारीको स्मृतिमा ‘मनमोहन ज्येष्ठ नागरिक सम्मान कार्यक्रम’ र कांग्रेसका नेता स्वर्गीय गणेशमान सिंहको नाममा ‘गणेशमान सिंह प्रजातन्त्र सेनानी सम्मान’ बाट विभुषित गरिने उल्लेख गरिएको छ।
 

प्रकाशित मिति: १८:१९ बजे, बिहीबार, असार ५, २०७६