Kathmandu Press

ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या चार लाख ५० हजार नाघ्यो

रियो दि जेनेरियो, जेठ १२ : ब्राजिलमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या चार लाख ५० हजार नाघेको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार ब्राजिलमा...
ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या चार लाख ५० हजार नाघ्यो
Hardik ivf

रियो दि जेनेरियो, जेठ १२ : ब्राजिलमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या चार लाख ५० हजार नाघेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार ब्राजिलमा पछिल्लो २४ घण्टामा दुई हजार १ सय ७३ जनाको मृत्यु भएसँगै ब्राजिलमा कोरोनाबाट मृत्यु हुने संख्या चार लाख ५० हजार नाघेको हो । अहिलेसम्म ब्राजिलमा चार लाख ५२ हजार ३१ जनाको कोरोनाको कारण मृत्यु भएको छ।

अहिले ब्राजिलमा १५ लाख ९४ हजार २ सय ९ जना संक्रिय संक्रमति छन् । ब्राजिलमा अहिलेसम्म एक करोड ६१ लाख ९४ हजार २ सय ९ जनामा संक्रमण पुष्टि भइसकेको भने जसमध्ये १ करोड ४६ लाख संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति: १४:४० बजे, बुधबार, जेठ १२, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्