Kathmandu Press

भारतमा ‘यास’ को असर : ६ राज्य प्रभावित, ११ लाखलाई सुरक्षित स्थानमा लगियो

नयाँ दिल्ली, जेठ १२ पश्चिम बंगालको खाडीबाट विकसित भएको यास चक्रवातले भारतको विभिन्न राज्य प्रभावित भएका छन्। चक्रवातले बंगाल, उडिसा, बिहार, झारखण्ड, तमिलनाडु...
भारतमा ‘यास’ को असर : ६ राज्य प्रभावित, ११ लाखलाई सुरक्षित स्थानमा लगियो

नयाँ दिल्ली, जेठ १२ : पश्चिम बंगालको खाडीबाट विकसित भएको यास चक्रवातले भारतको विभिन्न राज्य प्रभावित भएका छन्। चक्रवातले बंगाल, उडिसा, बिहार, झारखण्ड, तमिलनाडु र कर्नाटक राज्य प्रभावित बनेका छन्। यी मध्ये बंगाल र उडिसामा चक्रवातको प्रभाव बढी छ।

एक सय २० किलोमिटर प्रतिघन्टाको गतिमा आएको चक्रवात बुधबार बिहान उडिसाको समुद्र तटमा ठोकिएको थियो। त्यसपछि आएको समुद्रको ठूलो छालले समुद्र आसपासका बस्तीहरु डुबानमा परेको छ।

चक्रवातका कारण झारखण्डका विभिन्न जिल्लामा ठूलो हावाहुरीका साथै भारी वर्षा भइरहेको छ। त्यहाँका २६ जिल्लामा उच्च सतर्कता अपनाउन सरकारले आदेश जारी गरेको छ। 

Hardik ivf

चक्रवातले बंगालको पश्चिमी क्षेत्रमा पनि ठूलो क्षति पु¥याएको छ । बंगालको दिघा र मन्दार्मानीमा समुद्रको पानी पसेको छ। 

उडिसाका ६ जिल्ला उच्च जोखिममा 

चक्रवातका कारण उडिसाका ६ जिल्ला बालासोर, भद्रक, केन्द्रपारा, जगतसिंहपुर, मयुरभन्ज र केओनझारलाई उच्च जोखिम क्षेत्रमा राखिएको छ। सो क्षेत्रमा मानिसहरुको उद्धारका लागी जल सेना र वायु सेना परिचालन गरिएको छ।

उडिसामा चक्रवातले भयानक रुप लिने अनुमान मौसम विभागले गरेको छ । सोही कारण त्यस क्षेत्रका चार सय बढी मानिसलाई क्याम्पमा राखखिएको छ । 

कोलकत्ता विमानस्थल साझसम्म बन्द 

बंगालमा चक्रवातको असर उच्च रहेपछि सरकारले कोलकत्ता विमानस्थल बिहान ८ः३० बजेदेखि साझ ७ः४५ सम्म बन्द गर्ने निर्णय गरेको छ।

यस्तै कोलकत्ताबाट लामो दूरीमा चल्ने ३८ रुटका ट्रेन २९ मे सम्म बन्द गरिएको छ। यस्तै मालदा–बालुरघाट रेल सेवा पनि बुधबार र बिहीबार बन्द गरिएको छ। 

११ लाख बढीलाई सुरक्षित स्थानमा सारियो

पश्चिम बंगालमा चक्रवातको जोखिममा रहेको ११ लाख बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। चक्रवातको कारण हालिसहर क्षेत्रमा ४० हजार घर क्षतिग्रस्त भएका छन्। बिजुलीको पोल ढलेर दुई जनाको मृत्यु हुनुका साथै पाँच जना घाइते भएका छन्। 

यसैगरी मौसम विभागले बिहारमा दुईतीन दिन भारी वर्षाको सम्भावना रहेकाले सचेत रहन आह्रवान गरेको छ । विभागका अनुसार बिहारमा बिहीबार र शुक्रबार ठूलो हावाहुरीका साथै भारी वर्षा हुनेछ। यास चक्रवातको गति एक ६५ किलोमिटर प्रतिघण्टा पुग्न सक्ने बताइएको छ। 

प्रकाशित मिति: १४:३८ बजे, बुधबार, जेठ १२, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्