Kathmandu Press

भारतमा संक्रमित घटे, मुत्युदर उस्तै

नयाँ दिल्ली, जेठ १२ : कोरोनाको दोस्रो लहरले आक्रान्त बनेको भारतमा केही दिनयता संक्रमितको संख्या घटेको छ । संक्रमित घटेपनि मुत्यु हुनेको संख्यामा...
भारतमा संक्रमित घटे, मुत्युदर उस्तै

नयाँ दिल्ली, जेठ १२ : कोरोनाको दोस्रो लहरले आक्रान्त बनेको भारतमा केही दिनयता संक्रमितको संख्या घटेको छ । संक्रमित घटेपनि मुत्यु हुनेको संख्यामा भने कमी आएको छैन्।

एक साताअघिसम्म चार लाख हाराहारीमा संक्रमित भेटिने भारतमा अहिले दुई लाख हाराहारीमा संक्रमित भटिएका छन् । तर एक सात अघि र अहिले मृत्यु हुनेको संख्या भने उस्तै छ । अहिले दैनिक चार हजार बढीको मृत्यु भइरहेको छ।

पछिल्लो २४ घण्टामा भारतमा चार हजार एक सय ५७ जनाको मृत्यु भएको छ। यही अवधिमा दुई लाख आठ हजार नयाँ संक्रमित थपिएका छन्।

भारतमा हालसम्म कोरोना भाइरसका संक्रमितको संख्या दुई करोड ७१ लाख ५७ हजार सात सय ९५ छ भने मृत्यु हुनेको संख्या तीन लाख ११ हजार चार सय २१ जना छ । त्यस्तै, निको हुनेको संख्या दुई करोड ४३ लाख ५० हजार आठ सय १६ जना रहेको छ।

प्रकाशित मिति: १२:०१ बजे, बुधबार, जेठ १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्