Kathmandu Press

बुद्ध जयन्ती र उभौलीमा देउवाको शुभकामना

काठमाडौं, जेठ १२ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बुद्ध जयन्ती र उभौलीको अवसरमा शुभकामना दिएका छन्। देउवाले शुभकामना सन्देशमा भनेका छन्, ‘विश्वशान्तिका अग्रदूत (गौतम)...
बुद्ध जयन्ती र उभौलीमा देउवाको शुभकामना

काठमाडौं, जेठ १२ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बुद्ध जयन्ती र उभौलीको अवसरमा शुभकामना दिएका छन्। 

देउवाले शुभकामना सन्देशमा भनेका छन्, ‘विश्वशान्तिका अग्रदूत (गौतम) बुद्धको २५६५औँ जन्मजयन्तीका अवसरमा सम्पूर्ण बौद्धधर्मावलम्बी, शान्ति र अहिंसाप्रेमी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दछु।’

त्यस्तै, उनले उभौलीका अवसरमा किराँत समुदायलाई पनि शुभकामना दिएका छन्। देउवालो भनेका छन्, ‘किराँत समुदायको महान् पर्व उभौलीको अवसरमा पनि सबै किराँत  दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्दछु।’

 

प्रकाशित मिति: ०९:२६ बजे, बुधबार, जेठ १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्