डा.केसीको समर्थनमा राजधानीका चिकित्सक भेला हुँदै
काठमाडौं, माघ १३ : अनसनरत डा.गोविन्द केसीको समर्थनमा सरकारलाई दववा दिन राजधानी भरिका चिकित्सक आज दिउसो त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा भेला हुँदै ....

काठमाडौं, माघ १३ : अनसनरत डा.गोविन्द केसीको समर्थनमा सरकारलाई दववा दिन राजधानी भरिका चिकित्सक आज दिउसो त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा भेला हुँदै छन् ।
डा.केसीको अनसनलाई वेवास्ता गरि सरकारले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक बलजफ्ती पारित गरेपछि चिकित्सकहरु दवाव दिन भेला हुन लागेका हुन् । आज दिउसो १ बजे डा.केसीको समर्थनमा सबै चिकित्सकहरु भेला हुन लागेको डा.अभिशेक सिंहले बताए ।
सरकारले डा.केसीसँग संवादको समेत पहल नगरेपछि चिकित्सकहरु त्रिवि शिक्षण अस्पताल पुग्न लागेका हुन् ।
आज डा.केसीको अनसनको २०औं दिन हो । उनको स्वास्थ्य अवस्था कमजोर बनेको छ । उनले आफूसँग सरकारले गरेको सहमति अनुसार, चिकित्सा शिक्षा विधेकय पारित नभएसम्म अनसन जारी राख्ने अडान लिएका छन् ।











