Kathmandu Press

पत्रकारलाई सोधपुछ गरिनु प्रेस स्वतन्त्रता विरोधी कार्य : महासंघ 

काठमाडौं, जेठ ११ : समाचारको विषयलाई लिएर पत्रकारलाई सोधपुछका लागि सर्वोच्च अदालतले बोलाएको घटनाप्रति नेपाल पत्रकार महासंघले ध्यानाकर्षण भएको जनाएको छ।प्रकाशित समाचारको विषयमा...
पत्रकारलाई सोधपुछ गरिनु प्रेस स्वतन्त्रता विरोधी कार्य : महासंघ 

काठमाडौं, जेठ ११ : समाचारको विषयलाई लिएर पत्रकारलाई सोधपुछका लागि सर्वोच्च अदालतले बोलाएको घटनाप्रति नेपाल पत्रकार महासंघले ध्यानाकर्षण भएको जनाएको छ।

प्रकाशित समाचारको विषयमा चित्त नबुझे या गुनासो रहे त्यसउपर कानुनी उपचार खोज्ने वैधानिक विधि र स्थापित पद्दती हुँदाहुँदै त्यसको बेवास्ता गर्दै सर्वोच्चले पत्रकारलाई बोलाएर सोधपुछ गरिनु प्रेस स्वतन्त्रता विरोधी कार्य रहेको महासंघले जनाएको छ।

समाचारको विषयलाई लिएर ‘इमेज खबर डटकम’ का सम्पादक राजन कुइँकेल र ‘नेपाल समय डटकम’ का प्रधान सम्पादक नारायण अमृतलाई सर्वोच्च अदालतबाट सोधपुछका लागि भन्दै बोलाएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।’, महासंघद्धारा बिज्ञप्तिमा उल्लेख छ ।

संविधानले सुनिश्चित गरेको प्रेसको अधिकारको सम्मान गर्न सम्वन्धित निकायसँग महासंघले आग्रह पनि गरेको छ।  यसअघि प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाबीच भेटवार्ता भएको भनी ती सञ्चारमाध्यमले समाचार प्रकाशन गरेका थिए।

सर्वोच्चले सो भेट नभएको स्पष्ट पारेको थियो भने ती सञ्चारमाध्यमका सम्पादकलाई सोधपुछका लागि बोलाएको थियो।

प्रकाशित मिति: १९:४० बजे, मंगलबार, जेठ ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्