Kathmandu Press

कांग्रेसको आङमा डा. गोविन्द केसीको भूत सवार : महेश बस्नेत

काठमाडौं, असार ५ः नेकपा सांसद् महेश बस्नेतले कांग्रेसको आङमा डाक्टर गोविन्द केसीको भूत सवार भएको आरोप लगाएका छन्।

बिहीबार प्रतिनिधिसभा बैठकम....

कांग्रेसको आङमा डा. गोविन्द केसीको भूत सवार : महेश बस्नेत

काठमाडौं, असार ५ः नेकपा सांसद् महेश बस्नेतले कांग्रेसको आङमा डाक्टर गोविन्द केसीको भूत सवार भएको आरोप लगाएका छन्।

बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले ‘सडकमा प्रकट भएका अनेक भूतलाई सदनमा छिराएर विधेयक सदनमा प्रवेशै गर्न नदिने’ राजनीति गरेको आरोप पनि लगाए। 

विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै उनले भने, ‘विगतमा हामीले १८० भन्दा बढी विधेयक सर्वसम्मतिले यही सदनबाट बनायौँ । चिकित्सा शिक्षा विधेयकमा डा. गोविन्द केसीको भूत कांग्रेसको आङमा सवार भएको थिएन भने त्यो पनि सर्वसम्मतिले अघि बढाउन सक्थ्यौँ । सडकमा प्रकट भएका अनेक भूतलाई सदनमा छिराएर विधेयकबारे प्रवेशै गर्न नदिने हिसाबले राजनीति नगर्नुस् ।’

‘एकजना माननीयजीले भन्नुभो, केपी ओली श्री ३ हुनुभो । प्रधानमन्त्रीले बोल्छु भनेर सभामुखसँग समय मागेर दिएको कुरा बोल्न नदिएर रोष्ट्रम घेर्ने व्यक्तिहरूचाहिँ उच्च लोकतान्त्रिक, भोलिपल्टको सदनमा प्रमुख प्रतिपक्षका नेतालाई बोल्न दिने सरकार वा सभामुख चाहिँ श्री ३ ? अधिनायकवादी ?’, उनले कटाक्ष गरे । 

२०५८ साल बैशाखमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाविरुद्ध एमालेले संसद् अवरुद्ध गरेको प्रसंग उल्लेख गर्दै उनले भने, ‘गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री छँदा ५७ दिनसम्म रोष्ट्रम घेरियो। रामचन्द्र पौडेलजी त्यसबेला सभामुख हुनुहुन्थ्यो। ५७ दिनसम्म प्रतिपक्षको आवाजलाई नसुनेर नारा लगाउन दिने सभामुख र तत्कालीन प्रधानमन्त्री चाहिँ अति लोकतान्त्रिक? एक दिन विरोध गरेर भोलिपल्टै बोल्न दिने र आफू नबोली पछि हट्ने प्रधानमन्त्री चाहिँ अलोकतान्त्रिक ? लोकतन्त्रको जगबको परिभाषा कांग्रेसले गर्न थालेको छ ।’

प्रतिपक्षीप्रति आक्रोशित रुपमा पेश भएका बस्नेतले भने, ‘कांग्रेसको विचार, सिद्धान्त सबै सकिएर भीरबाट लडेको मान्छेले जे भेट्टायो, त्यही समाउँछ । त्यस्तै, कांग्रेस जे भेट्टायो, त्यही समाउन थालेको छ । कहिले के शाही समाउँछ, कहिले के केसी समाउँछ ? पानी जहाज चलाउने सरकारको सपना देख्दैन, कागजको पानीजहाज बनाएर फेसबुकमा हाल्ने नौटंकीकार देख्छ ।’

उनले सम्पत्ति शुद्धीकरण, अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालय मातहत लैजानुको उद्देश्य अमेरिकारको सीआईए, भारतको र जस्तै शक्तिशाली बनाउन खोजेको पनि दाबी गर्दै भने, ‘सम्पत्ति शुद्धीकरण कार्यालय विगतमा कालो धन कमाउनेलाई ठीक पार्न त्यो त्यहाँ गएको छ । विगतमा कालो धन खानेहरूले चलाएको अभियानमा कांग्रेसले साथ नदेओस् । लगियो । एक जना कांग्रेसका माननीयले भन्नुभो यो अमेरिकाको सिआईए, भारतको र जस्तो हुनुपर्छ । हो, त्यस्तै शक्तिशाली बनाउन त्यो प्रधानमन्त्री कार्यालयमा गयो । राजश्व अनुसन्धान प्रधानमन्त्री कार्यालयमा जाँदा ३३ प्रतिशत राजश्व बढी उठायो । यो सफलतातिर गइरहेको छ ।’

प्रकाशित मिति: १७:१२ बजे, बिहीबार, असार ५, २०७६