Kathmandu Press

सर्लाहीमा प्रहरी र विप्लव समूहबीच गोली हानाहान, जिल्ला इञ्चार्ज मारिए

लालबन्दी, असार ५  :  सर्लाहीको लालबन्दीमा प्रहरीको आक्रमणबाट नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका जिल्ला इञ्चार्ज मारिएका छन्....

सर्लाहीमा प्रहरी र विप्लव समूहबीच गोली हानाहान, जिल्ला इञ्चार्ज मारिए
सांकेतिक

लालबन्दी, असार ५  :  सर्लाहीको लालबन्दीमा प्रहरीको आक्रमणबाट नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका जिल्ला इञ्चार्ज मारिएका छन्।

मारिनेमा सर्लाही जिल्ला इञ्जार्च कुमार पौडेल रहेको प्रहरी प्रवक्ता एवं डिआईजी विश्वराज पोखरेलले जानकारी दिए। पाैडेल सर्लाहीको बाग्मती नगरपालिका-२, धरहराका स्थायी बासिन्दा रहेको प्रहरीले जनाएको छ।

डिआईजी पोखरेलका अनुसार बिहीबार दिउँसो सुरुमा विप्लव समूहका कार्यकर्ताले प्रहरीमाथि आक्रमण गरेका थिए। त्यसपछि प्रहरीले चलाएको गोली लागेर पौडेलको मृत्यु भएको डिआईजी पोखरेलले बताए। प्रहरी र विप्लवका कार्यकर्ताबीच लालबन्दी नगरपालिका–१ लखनदेवी खोलाछेउमा गोली हानाहान भएको थियो।

विप्लव समूहका अन्य तीन जना कार्यकर्ता भने फरार भएका छन्। उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले पौडेलको साथबाट पेस्तोल र गोली बरामद गरेको छ। घटनाबारे थप विवरण आउन बाँकी छ। 
 

प्रकाशित मिति: १५:४३ बजे, बिहीबार, असार ५, २०७६