Kathmandu Press

नेविसंघद्वारा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन

काठमाडौं, जेठ ११ : नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले प्रतिनिधिसभा विघटनको विरोधमा राष्ट्रपति विद्यादेवी भण्डारी र र प्रधानमन्त्रीकेपी ओलीको...
नेविसंघद्वारा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन

काठमाडौं, जेठ ११ : नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले प्रतिनिधिसभा विघटनको विरोधमा राष्ट्रपति विद्यादेवी भण्डारी र र प्रधानमन्त्रीकेपी ओलीको पुत्ला दहन गरेको छ।

नेविसंघआबद्ध विद्यार्थीहरूले पुतलीसडकको शंकरदेव क्‍याम्पसअगाडि पुत्ला जलाएका हुन्। यसअघि नेविसंघले नै मध्यबानेश्वरमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको तस्बिरमा गोबर छ्याप्दै विरोध प्रदर्शन गरेको थियो।

त्यसक्रममा नेविसंघका पूर्वकेन्द्रीय सदस्य नवराज त्रिपाठीलाई प्रहरीले पक्राउसमेत परेको थियो।

प्रकाशित मिति: १६:१० बजे, मंगलबार, जेठ ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्