Kathmandu Press

अफगानिस्तानमा रहेको दूतावास बन्द गर्दै अष्ट्रेलिया

क्यान्बेरा, जेठ १० : अष्ट्रेलियाले मंगलबार अफगानिस्तानमा रहेको आफ्नो दूतावास बन्द गर्ने निर्णय गरेको छ। अष्ट्रेलियाले अफगानस्तानको राजधानी काबुलस्थीत अस्ट्रेलियाली दूतावास द्वन्द्वको त्रासका कारण...
अफगानिस्तानमा रहेको दूतावास बन्द गर्दै अष्ट्रेलिया

क्यान्बेरा, जेठ १० : अष्ट्रेलियाले मंगलबार अफगानिस्तानमा रहेको आफ्नो दूतावास बन्द गर्ने निर्णय गरेको छ। अष्ट्रेलियाले अफगानिस्तानको राजधानी काबुलस्थीत अस्ट्रेलियाली दूतावास द्वन्द्वको त्रासका कारण शुक्रबारबाट बन्द गर्ने निर्णय गरेको हो। 

अष्ट्रेलियाले अन्तर्राष्ट्रिय सेना फिर्ता हुने भएपछि हिंसा र द्वन्द्व बढ्न सक्ने भन्दै दूतावास बन्द गर्ने निर्णय गरेको अस्ट्रेलियाली विदेश मन्त्रालयले बताएको छ । अष्ट्रेलियाका कूटनीतिज्ञहरूले नियमित रूपमा अफगानिस्तान भ्रमण गर्ने तर दूतावास अन्य क्षेत्रमा रहेने विदेश मन्त्री मारिस पेनले बताएको छन्। 

मंगलबार अस्ट्रेलियाको प्रधानमन्त्री स्कट मोरिसनले बयान जारी गरेका छन्। ‘हामी २८ मे २०२१ बाट हाम्रो दुतावास भवन बन्द गर्नेछौं,’ प्रधानमन्त्री मोरिसनले भने, ‘यो उपाय अस्थायी हुनेछ भन्ने अष्ट्रेलियाको अपेक्षा छ र परिस्थिति अनुकुल भएपछि हामी काबुलमा स्थायी उपस्थिति फिर्ता गर्न सक्छौं ।’

गत अप्रिलमा अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानबाट ११ सेप्टेम्बरसम्म अमेरिकी सेनाहरू फिर्ता बोलाउने आह्वान गरेका थिए।  

प्रकाशित मिति: १५:५९ बजे, मंगलबार, जेठ ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्