Kathmandu Press

ग्यास चुहावटका कारण दक्षिणपश्चिम चीनमा सातको मृत्यु

चेन्दु, जेठ ११ : चीनको दक्षिणपश्चिमी सिचुआन प्रान्तमा खाद्या प्रशोधन गर्ने कारखानामा विषालु ग्यास चुहावट भएपछि सात व्यक्तिको मृत्यु भएको छ।सोमबार अपरान्ह् यिबिन...
ग्यास चुहावटका कारण दक्षिणपश्चिम चीनमा सातको मृत्यु

चेन्दु, जेठ ११ : चीनको दक्षिणपश्चिमी सिचुआन प्रान्तमा खाद्या प्रशोधन गर्ने कारखानामा विषालु ग्यास चुहावट भएपछि सात व्यक्तिको मृत्यु भएको छ।

सोमबार अपरान्ह् यिबिन शहरको चाङ्गिन काउन्टीमा बाँसको टुसा प्रशोधन गर्ने कारखानामा रहेको मेसिन मर्मत भइरहेको समय आगलागी हुँदा कारखानामा काम गरिरहेका श्रमिकहरूलाई स्वासप्रश्वासमा समस्या भएको र उनीहरूमध्ये सातको उपचारका क्रममा मृत्यु भएको काउन्टीको प्रचार विभागले मंगलबार जानकारी गराएको छ। 

आगलागीका कारण सात श्रमिक बेहोस बनेका थिए। हाल दुर्घटनाको कारण अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति: १५:५५ बजे, मंगलबार, जेठ ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्