पूर्वराजाको चियाबगानका मजदुर तीन सातादेखि आन्दोलनमा
झापा, जेठ ११ : पूर्वराजा ज्ञानेन्द्र शाहको स्वामित्वमा रहेको हिमालय महालक्ष्मी चियाबगानका मजदुर तीन सातादेखि आन्दोलनरत छन्।झापाको दमकमा रहेको उक्त चिया बगानका मजदुरहरू...
झापा, जेठ ११ : पूर्वराजा ज्ञानेन्द्र शाहको स्वामित्वमा रहेको हिमालय महालक्ष्मी चियाबगानका मजदुर तीन सातादेखि आन्दोलनरत छन्।
झापाको दमकमा रहेको उक्त चिया बगानका मजदुरहरू ताकिएको सेवासुविधा नपाएको भन्दै कोरोना संक्रमणको प्रवाह नगरी आन्दोलनमा उत्रिएका हुन् ।
यो चिया बगानको व्यवस्थापन सोल्टी ग्रुपले गर्दै आएको छ। दुई वर्षयता भने मनोज अग्रवाल र सिद्धार्थ डेलिया नाम गरेका भारतीय व्यवसायीलाई बगान लिजमा सञ्चालन गर्न दिइएको छ।
बगान सञ्चालनको जिम्मेवारी भारतीयाई दिइएपछि मजदुरले समयमा ज्यालासमेत पाउन छाडेको बताइएको छ।
पहिला हप्तैपिच्छे ज्यादा दिए पनि एक महिनाभन्दा काम गर्दा बल्लतल्ल १२ दिनको ज्याला दिने गरेको एक मजदुरले बताए। ‘रोगभन्दा भोक प्यारो भउपछि महामारी नभनी आन्दोलन गर्नुपरेको उनको भनाइ छ।
बगानले मजदुरहरूको सञ्चय कोषबापतको रकम ज्यालाबाट कटाए पनि सात वर्षदेखि जम्मा नगरेको बताइएको छ। मजदुरको ज्यालाबाट सञ्चयकोषका लागि भनेर १० प्रतिशत कटाए पनि कम्पनीले अहिलेसम्म रकम जम्मा नगरेको बताइएको छ।
बगानमा लामो समय काम गरेर निवृत्त भएकाको उपदानबापतको ५ लाख ३६ हजारभन्दा बढी रकम उपलब्ध गराउन मजदुरहरूले माग गरेका छन्। मान्छेको मृत्यु भइसक्दा पनि उपदानबापतको रकम नपाएको उनी बताउँछन्।
सरकारले बढाएको श्रमिकको ज्याला लागु भएदेखि चैत १६ गतेसम्मको बढेको ज्याला अझै नपाएको मजदुरहरूको गुनासो छ। गत वर्ष पनि पटकपटक आन्दोलन भएको थियो। मजदुरले श्रम कार्यालयमा निवेदन दर्ता गराएपछि बगान सञ्चालकले वैशाख २ गतेसम्म माग पूरा गर्ने म्याद राखेका थिए।
माग पूरा गर्न नसके मजदुरले पाउने रकम भुक्तानी गरी बगान जिम्मा दिने भनी गरिएको सहमति कार्यान्वयनमा नआएपछि आन्दोलनमा उत्रनु परेको मजदुरले बताए।











