Kathmandu Press

किट अभावमा भारतबाट नेपाल आउनेहरुकाे परीक्षण रोकियो

वीरगञ्ज, जेठ ११ : एन्टिजेन किट अभावमा भारतबाट नेपाल आउनेहरुको कोरोना भाइरस परीक्षण रोकिएको छ ।पर्साको वीरगञ्ज महानगरपालिकाको शङ्कराचार्य गेट नजिक स्थापना गरेको...
किट अभावमा भारतबाट नेपाल आउनेहरुकाे परीक्षण रोकियो

वीरगञ्ज, जेठ ११ : एन्टिजेन किट अभावमा भारतबाट नेपाल आउनेहरुको कोरोना भाइरस परीक्षण रोकिएको छ ।पर्साको वीरगञ्ज महानगरपालिकाको शङ्कराचार्य गेट नजिक स्थापना गरेको हेल्थ डेस्कमा एन्टिजेन किटको अभाव भएपछि भारतबाट नेपाल आउनेको कोरोना परीक्षण रोकिएको हो।

यो नाकाबाट दैनिक २५ जनाभन्दा बढी नेपालीहरु वीरगञ्ज प्रवेश गर्ने गरेका छन् । हेल्थ डेस्कका इन्चार्ज सैमुला अन्सारीले अहिले सामन्य ज्वरो मात्र नाप्ने गरिएको बताए ।

महानगरपालिकाले भन्सार क्षेत्रमा स्थापना गरेको हेल्थ डेस्कमा एन्टिजेन किटको अभाव रहेको जनाएको छ । महानगरपालिकाका प्रमुख बिजय सरावगीले जिल्ला जनस्वास्थ्य कार्यालयले हालसम्म सो किट उपलब्ध नगराउँदा समस्या देखिएको बताए । खाद्यान्न, तरकारी लगायतका समान बोक्ने गाडीका चालकहरुको कोरोना परीक्षण हुन सकेको छैन ।

पर्सामा कोरोना संक्रमितको सङ्ख्या लगातार घट्ने क्रममा रहेको छ । वैशाखमा उत्कर्षमा पुगेको कोरोना सङ्क्रमण दर जेठको पहिलो सातादेखि घट्दै गइरहेको छ । स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरी कडाई गरेपछि कोरोना सङ्क्रमितको सङ्ख्या घट्दै गएको हो ।

प्रकाशित मिति: १४:३३ बजे, मंगलबार, जेठ ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्