Kathmandu Press

कंगोमा ज्वालामुखी विस्फोटमा परी मृत्यु हुनेको संख्या ३२ पुग्यो

किन्सासा, जेठ ११ : कंगोमा ज्वालामुखी विस्फोटमा परी मृत्यु हुने व्यक्तिको संख्या कम्तीमा पनि ३२ जना पुगेको छ।कंगोको उत्तरी प्रान्त किभुमा रहेको माउन्ट...
कंगोमा ज्वालामुखी विस्फोटमा परी मृत्यु हुनेको संख्या ३२ पुग्यो

किन्सासा, जेठ ११ : कंगोमा ज्वालामुखी विस्फोटमा परी मृत्यु हुने व्यक्तिको संख्या कम्तीमा पनि ३२ जना पुगेको छ।

कंगोको उत्तरी प्रान्त किभुमा रहेको माउन्ट निरागोगोमा शनिबार राति ज्वालामुखी विस्फोट भएको थियो।  त्यसमा परी कम्तीमा पनि १५ जनाको ज्यान गएको आइतबार बताइएको थियो।

तर पनि त्यसमा परेर कम्तीमा पनि ३२ जना स्थानीय नागरिकको मृत्यु भएको सो प्रान्तका प्रान्तीय सरकारका अधिकारीले जानकारी दिएका हुन्। उक्त पहाडमा ज्वालामुखी विस्फोट भएपछि त्यसबाट बाँच्नका लागि भाग्ने क्रममा धेरै जनाको ज्यान गएको बताइएको छ।  

कंगोका अधिकारीहरुले माउन्ट निरागोगोमा विस्फोट भएको र त्यस क्रममा उनीहरु सो क्षेत्रबाट भाग्न खोजेका थिए। यसरी भाग्ने क्रममा केही व्यक्ति दुर्घटनामा परेका थिए भने अरु केही जना सो क्षेत्रमा रहेको जेल तोडेर भाग्ने क्रममा ज्यान गएको थियो।

सो विस्फोटमा परेर ज्यान जाने व्यक्तिको संख्या ३२ पुगेको र अधिकांशको दुर्घटनामा परेर मृत्यु भएको सो प्रान्तका प्रान्तीय अधिकारीले स्थानीय मिडियालाई जानकारी दिएका हुन्।

प्रकाशित मिति: १३:५१ बजे, मंगलबार, जेठ ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्