Kathmandu Press

वैकल्पिक विधिबाट परीक्षा लिने व्यवस्था मिलाउन त्रिविको आग्रह

काठमाडौं, जेठ ११ : त्रिभुवन विश्‍वविद्यालय (त्रिवि) ले वैकल्पिक विधिबाट परीक्षा लिने प्रक्रिया अगाडि बढाएको छ। त्यसका लागि आवश्यक सबै व्यवस्था मिलाउन त्रिविमातहतका...
वैकल्पिक विधिबाट परीक्षा लिने व्यवस्था मिलाउन त्रिविको आग्रह

काठमाडौं, जेठ ११ : त्रिभुवन विश्‍वविद्यालय (त्रिवि) ले वैकल्पिक विधिबाट परीक्षा लिने प्रक्रिया अगाडि बढाएको छ। त्यसका लागि आवश्यक सबै व्यवस्था मिलाउन त्रिविमातहतका सबै निकायलाई अनुरोध गरिएको छ।

त्रिवि उपकुलपति प्राध्यापक डा. धर्मकान्त बास्कोटाले एक विज्ञप्ति जारी गर्दै रोकिएका परीक्षालाई वैकल्पिक विधिबाट लिन आग्रह गरेका हुन्। उनले वैकल्पिक विधिबाट सञ्चालन भइरहेका कक्षालाई निरन्तरता दिन, सञ्चालन हुन बाँकी भएका कक्षा सुचारु गर्न र सम्पर्कमा नभएका विद्यार्थीलाई तत्काल आ–आफ्ना विभाग, क्याम्पस, स्कुल तथा डिन कार्याालयको सम्पर्कमा आउन पनि आग्रह गरेका छन्।

विज्ञप्तिमा उनले आक्रान्त परिवेश, विषम परिस्थिति र संवेदनशील घडीमा ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन्। महामारीमा संघर्षरत सबैको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै मापदण्ड अपनाइ सुरक्षित रहन आग्रह पनि उनको आग्रह छ।

 

प्रकाशित मिति: १३:०६ बजे, मंगलबार, जेठ ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्